काठमाडौं- संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको मुद्दामा सुनुवाइ माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा संवैधानिक परिषद् सम्बन्धी मुद्दाको सुनुवाइ सुरु गर्न माग गर्दै निवेदन दिएका हुन्। सर्वोच्चमा अर्यालले आइतबार दिएको रिट निवेदन आज दर्ता भएको हो।
मंसिर ३० र त्यसपछि जारी भएको अध्यादेश र नियुक्ति बदर हुनुपर्ने माग गरिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश थियो। उक्त आदेशले ९ महिनापछि सुनुवाइ हुन लागेको मुद्दा रोकिएको थियो।
भदौ ११ गते संवैधानिक इजलासमा पहिलो सुनुवाइ गरिए पश्चात् उक्त मुद्दाहरु तथा संवैधानिक इजलासमा विचाराधीन सोही विषयसँग सम्बन्धित अन्य मुद्दाहरुको पहिलो र अन्तिम पेशीमा आफू अनुपस्थित रहने निर्णय प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासबाटै सुनाएका थिए।
अधिवक्ता अर्यालले यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशलाई निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।