काठमाडौं- नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।
राई सर्वसम्मत रुपमा दलको नेता चयन भएको सोही पार्टीको सांसद् सावित्रा कुमारी रेग्मीले बताइन्। प्रदेश संसद् सचिवालय आजै जानकारी गराइने रेग्मीले बताइन्।
राई नेकपा एमालेको तर्फबाट भोजपुर १ (१) बाट निर्वाचित भएका थिए। उनले संघीय समाजवादी फोरमका अजम्बर राई काङमाङलाई पराजित गरेका थिए। राईले १९ हजार २ सय ९७ मत पाएका थिए भने काङमाङले ११ हजार ५ सय ४१ मत पाएका थिए।
एमाले विभाजित भएर गठन भएको एकीकृत समाजवादीका प्रदेश १ मा १० जना सांसद् छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।