काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
नवगठित एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते विहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले बताए।
निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक काठमाडौंमा बस्ने भएपनि स्थानबारे टुंगो नलागनेको उनले बताए।
नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए। एमालेबाट विभाजित भएर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी गठन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।