काठमाडाैं– नेपाली कांग्रेसको १४औं महाविधेशनको विविध विषयमा छलफल गर्न संस्थापाइतरको बैठक बस्ने भएको छ।
बैठकमा वडा तहको महाधिवेशनका क्रममा भएको विवाद तथा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (सोमवार) दिउँसो २ वजे बस्दै छ।
बैठकमा डडेलधुरामा प्रहरी प्रशासनको बलमा पार्टी सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गरेको र प्रदेश दुई लगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको विषयमा छलफल हुने एक नेताले बताए।
सभापति देउवाले डडेलधुरामा गराएको अधिवेशनपछि संस्थापन इतर समूह महाधिवेशन निष्पक्ष हुने विषयमा सशंकित बनेको छ।
प्रदेश दुईका साथै काठमाडौं, सिन्धुपाल्चोकलगायत आफू कमजोर भएको जिल्लामा सभापति देउवाले क्रियाशील सदस्यता समेत टुंगो नलगाएको आरोप पार्टीभित्रै लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।