काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ले एमाले अध्यक्ष केपी ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन्।
परशुराम तामाङद्वारा लिखित पुस्तकको आइतबार विमोचन गर्दै प्रचण्डले ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको दोहोर्याएका हुन्।
केपी ओलीसँग एकता गरेर आफूले साच्चिकै ज्ञान प्राप्त गरेको उनले बताए। कम्युनिस्ट आन्दोलनमा यस्ता प्रवृत्तिका मान्छेहरु हुँदारहेछन् भन्ने थाहा पाएको प्रचण्डले बताए।
आफूले एमालेसँग एकता गरेर कम्युनिस्ट आन्दोलनमा नयाँ प्रयोग गरेको उनको दाबी छ। यस एकतालाई नकारात्मक रुपमा मात्रै हेर्न नहुने भन्दै त्यसमा वस्तुवादी भएर सोच्न सबैलाई आग्रह गरे। कम्युनिस्ट आन्दोलन अघि बढाउने विचारमा विकास गर्नुपर्ने प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।