काठमाडौं– आइतबार १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधि सभा बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखेका छन्।
आइतबार पहिलो बैठक सुरु हुने बित्तिकै एमाले सांसदले नाराबाजी सुरु गरेका थिए। सभामुख सापकोटाले नाराबाजी रोकेर संवादमा आउन आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए।
नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक रोकिएको समयमा सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदहरुसँग छलफल पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।