काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आइतबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सदन सञ्चालन गर्न दिन अनुरोध गरेपनि एमालेको अवरोध कायमै रह्यो।
एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध गर्दै आएको छ।
आइतबार नै बसेको संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले अवरोध जारी राख्ने बताएका थिए। उनले आफ्ना सांसदहरूलाई मर्यादित भएर संसद् अवरोध गर्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।