काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सर्वसाधरणले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता खोसेको बताएका छन्।
पार्टीको संसदीय दलकाे बैठकमा ओलीले जनतालाई विरोध गर्ने र बोल्न स्वतन्त्रता खोसेको बताए।
विकास निर्माण र समाजसेवा सबैलाई तिलान्जली दिएर विरोधका सबै अधिकार खोसेर सरकार तानाशाही ढंगले अघि बढेको उनले बताए।
भारतीय हेलिकप्टर नेपालको दार्चुला क्षेत्रमा डुलाए पनि चुपचाप लागेको विषयमा समेत ओलीले आपत्ति जनाए।
यो दुई महिनामा सरकार कता जान खोजेको हो खोजेको भन्ने पत्तै लगाउन नसकिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।