फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। आइतबार नयाँ बानेश्वरस्थित बीआईसीसी भवनमा बैठक बसिरहेको हो।
भदौ २३ र २५ गतेको बैठक अवरोध गरेको एमालेले अबका बैठकमा आफ्नो भूमिका स्पष्ट पार्न बैठक आयोजना गरेको हो। प्रतिनिधि सभाको बैठक आइतबार पनि बोलाइएको छ।
संसद्मा नेकपा एमालेका माननीयहरुले खेल्नुपर्ने भूमिकालाई अझै स्पष्ट गर्नको निम्ति बैठक बोलाइएको शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराएका थिए।
एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अगाडि बढाएका छन्। २५ गतेको दोस्रो बैठकमा बजेटसँग सम्बन्धित अध्यादेशहरु स्वीकृत गरिएका थिए भने तेस्रो बैठकमा प्रतिस्थापन विधेयक पेश गरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।