काठमाडौं– राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७७/७८ मा साढे सात अर्बभन्दा बढी प्रिमियम संकलन गरेको छ।
कोरोना प्रभावबीच पनि ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीको शनिवार सम्पन्न साधारणसभाका अवसरमा जानकारी दिइयो।
सो अवधिमा कम्पनीले तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गरेको र जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको अध्यक्ष गंगाराम कँडेलले जानकारी दिए।
कम्पनीको ३१औं साधारण सभामा बोल्दै अध्यक्ष कँडेलले आगामी असार मसान्तसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने बताए।
नियामक निकायको पछिल्लो निर्देशनअनुरूप दुई अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था रहेकाले संस्थानले सोहीअनुसार पुँजी योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।