संसद्मा एमालेको अवरोध। फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको हो। संसद् अधिवेशन सुरु हुनुअघि संसदीय दलको बैठक बोलाइने गरिएको भएपनि एमालेले पाँच दिनको अन्तरमा दोस्रो बैठक बोलाएको हो।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो।
'संसद्मा नेकपा एमालेका माननीयहरुले खेल्नुपर्ने भूमिकालाई अझै स्पष्ट गर्नको निम्ति भोलि १२ बजे संसदीय दलको बैठक पनि आयोजना गर्ने र माननीय सदस्यहरुलाई पछिल्ला घटनाक्रम र विषयवस्तुहरुमा थप स्पष्ट गर्ने र भूमिकालाई स्पष्ट गर्ने कुरा पनि आजको बैठकले गरेको छ', शनिबारको दोस्रो स्थायी कमिटीको बैठकपछि उनले भने।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा उनले भने सदनको कारबाहीलाई अगाडि बढाएका छन्। शुक्रबार मात्रै एमालेको अवरोधकाबीच बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।