सबै तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
एमसीसी प्रतिकार समूहले शनिबार दिउँसो प्रदर्शन गरेको हो। एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने भन्दै प्रदर्शन गरिएको हो।
उनीहरुले 'अनुदानको नाममा देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन', 'देश बेच्न पाइँदैन'लगायतका नारा लगाएका थिए।
बिहीबार नेपाल आएको एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिनिधि मण्डलले राजनीतिक भेटवार्ता तीव्र पारेको छ।
फतिमाले भने जे गर्ने हो, त्यसबारे शीघ्र निर्णय गर्नुपर्ने बताउँदै आएकी छिन्। उनले आफू दबाब दिनको लागि नआएको पनि प्रष्ट पारेकी छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।