फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले केही जिल्लाहरु बाहेक अधिकांश जिल्लाहरुमा दश बुँदे सहमति कार्यान्वयन भइसकेको दाबी गरेका छन्। शनिबार एमालेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
दश बुँदे सहमति कार्यान्वयनमा समस्या आएको छ नि? भन्ने पत्रकारको जिज्ञासमा उनले भने, ‘दश बुँदे प्रस्ताव केन्द्रीय र स्थायी कमिटीले अनुमोदन गरेर कार्यान्वय भएसँगै भूगोलका अधिकांश जिल्लाहरु पुनःगठित भइसकेका छन्। सुदूरपश्चिम, प्रदेश १ र २ का केही जिल्लामा बाँकी छ। त्यहाँ देखिएका समस्या पनि छिट्टै समाधान भएर कार्यान्वयनमा जान्छ।’
उनले केही व्यवहारिक कठिनाइ देखिएपनि पार्टीको बृहत्तर हितका लागि समाधान गर्दै अघि बढ्ने बताए। उनले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा १० बुँदे कार्यन्वयन भइसकेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।