फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बिहान ९ बजे बोलाइएको बैठक दिउँसो साढे १२ बजे सकिएको थियो। अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। आजको बैठकको निर्णय उनैले सुनाएका थिए।
बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल भएको भट्टराईले बताए। त्यसमा प्रस्तुत गरिने दस्तावेज तथा प्रतिनिधित्वको संख्या नटुंगिएकाले आजै अर्को बैठक बसेर टुंग्याइने उनको भनाइ छ।
नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित नभएकाले अन्तरिम व्यवस्था गर्न लागिएको उनको भनाइ छ। तीन हजारको सेरोफेरोमा प्रतिनिधित्व हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।