फलेवास– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ।
सोलुखुम्बु सल्लेरी घर भइ विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो। विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढ्दा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।