काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पूर्वसांसद एवं नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म समेशर राणाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपालको लोकतान्त्रिक आन्दोलन, आर्थिक एवम् औद्योगिक विकास, कूटनीतिक क्षेत्र तथा खेलकुदको विकासमा राणाले पुर्याएको योगदान अतुलनीय रहेको महतले उल्लेख गरेका छन्।
‘उहाँको योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सँधैभर प्रेरणा दिने मैले विश्वास लिएको छु’, महतले भनेका छन्। नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो अर्थमन्त्री सुवर्ण समशेरका छोरा रुक्मको शनिबार बिहान निधन भएको थियो। उनी पूर्वराजदूत समेत हुन्।
राणाको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको, मुलुकले लोकतन्त्रप्रति प्रतिबद्ध, कुशल कूटनीतिज्ञ, नेपालको खेलकुद र औद्योगिक एवम् आर्थिक विकासमा समर्पित असल व्यक्तित्व गुमाएको कांग्रेस सहमहामन्त्री महतले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।