काठमाडौं- कुटनीतिज्ञ एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रुक्मशमशेर राणाको निधन भएको छ।
राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरका कान्छा छोरा रुक्मशमशेर भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक मध्येका एक हुन्।
सन् २००९ देखि २०११ सम्म उनी भारतका लागि नेपाली राजदूत रहेका थिए। राणा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बनेका थिए भने ओलम्पिक कमिटीका पूर्वअध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।