काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले 'सरकार खोज्ने' भन्दै गरेको टर्च र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।
टर्च र्यालीमा सहभागी भएकाहरुले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। नयाँ बानेश्वर क्षेत्रमा पुग्दा टर्च र्यालीका सहभागीहरुले सार्वजनिक यातायातका साधन र प्रहरी तथा सर्वसाधारणमाथि ढुंगा प्रहार गरेका थिए।

प्रहरीले र्यालीलाई तितरवितर पार्न लाठी समेत चार्ज गरेको छ। आन्दोलनमा उत्रिएका युवा संघका कार्यकर्ता र प्रहरीबीचको 'झडप'ले नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।