काठमाडौं- नेकपा एमाले सांसद गोकुल बास्कोटाले सरकारले पेश गरेको प्रतिस्थापन विधेयकमा बिरोध नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि भएको बताएका छन्।
‘इतिहासमा यस प्रकार दलीय व्यवस्थालाई अवहेलना गरेको थिएन’ उनले भने ‘कार्यसूचीसमेत हामीलाई दिइएको थिएन। छापामार शैली र गुरिल्ला शैलीमा संसदमा काम गरियो।’ उनले सरकारले केही काम नपाएर घन्टाघर भत्काउन लागेको टिप्पणि गरे।
'उहाँहरुले उत्पातै गरेको भनेको घन्टाघर भत्काउने रे!' उनले भने।
उनले सभामुखले राजनीतिक दलले गरेको निर्णय कार्यान्वयन नगरेकोमा आफूहरुको बिरोध रहेको बताए।
‘प्रश्न सभामुखले कुनै दलले गरेको निर्णय किन कार्यान्वयन गर्नु भएन भन्ने हो, प्रतिस्थापन विधेयक ल्यायो भन्ने होइन' उनले भने। सभामुख निष्पक्ष हुनुपर्नेमा नभएको उनले बताए।
‘हाम्रो सभामुखलाई हामी सभामुख मान्न सक्दैनौं ’ उनले भने ‘त्यो कुर्सी अग्नि सापकोटाको होइन, त्यहाँ बस्दा वहाँले त्यो भूमिका देखाउनु भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।