फाइल तस्वीर
काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले संसदनै मान्दिन, चिन्दै चिन्दिन भनेपछि कसैसँग संवाद गर्नुको अर्थ नभएको प्रतिक्रिया दिएका छन्।
उनीहरुसँग संवाद गरेर समस्या समाधान नहुने भन्दै थापाले यो भन्दा अरु विकल्प नभएको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकवाट बाहिरिँदै गर्दा थापाले यस्तो बताएका हुन्।
‘एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैगरी विधेयक पारित गराएको दिनको म स्मरण गराउन चाहन्छु ’ थापाले भने, ‘ऐन, नियम, कानुनले मानेको संसदलाई जुन दिनसम्म चिन्दिन भन्नुहुन्छ, यो संसद यसैगरी चल्छ।’
शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।