काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार)को तेस्रो बैठक अहिले जारी छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच प्रतिनिधि सभा बैठक अहिले जारी छ।
शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण १५ मिनेट स्थगित भएको थियो। यस्तै, दोस्रो बैठकमा भने एमाले सांसदको नाराबाजीका बीच बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरिएको थियो।
तेस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।