फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने सुझाव दिए।
एमसीसीको बारेमा स्पष्ट हुनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने उनको भनाइ छ। ‘एमसीसीमा भएका कतिपय अस्पष्ट बुँदाको बारेमा नेपालका सबै दलहरुबीच सरसल्लाह गरेर साझा निष्कर्षमा पुग्नुपर्छ। यसको लागि नेपाल सरकार खासगरी प्रधानमन्त्रीले पहल लिनुपर्छ,’ उनले भने।
अहिले नेपालको संसद्ले एमसीसी पारित गर्दा भोलि यस्तै खाले सम्झौता भारत र चीनले पनि संसद्बाट पारित गर्नुपर्छ भन्यो भने के हुन्छ? भन्दै प्रश्न गरे। अध्यक्ष लोहनीले नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।