काठमाडौं– प्रतिनिधि सभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ।
शुक्रबार बसेको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएपछि फेरि सुरु भएको बैठक केही समय चलेपछि सभामुख सापकोटाले पुन: १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
शुक्रबार बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको थियो। एमालेको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
दोस्रो बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी जारी राखेका थिए। एमालेको अवरोध र नाराबाजीकै कारण सभामुख सापकोटाले बजेट सम्बन्धी अध्यादेश पेस गर्न दिएका थिए।
सभामुखको अनुमतिपछि अर्थमन्त्री जनार्दन शर्भाले बजेट सम्बन्धी अध्यादेश पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।