काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमाले बिरोधकै बीचमा प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद प्रेम सुवालले पेश गरेको बिरोधको सूचना पेश गर्न वातावरण मिलाई पाउँ भनि राखेको प्रस्तावमा बिरोधको सूचनालाई अस्वीकार गरेका छन्।
एमालेको बिरोध जारी रहँदा सदन चलाईरहेका सभामुख सापकोटाले उक्त प्रस्ताव पेश गरेको भनि झुक्किएर यस्तो गरेका हुन्।
'सुवालले वातावरण तयार गरेर रोष्टमबाटै पेश गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु' भनि भनेका थिए।
तर, सभfमुखले नियम ९५ अनुसार फिर्ता भएको मानिने व्यवस्था रहेको जानकारी गराए। फेरि दोस्रो बिरोधको सूचनामा पनि सभामुखले सुवाललाई समय उपलव्ध गराए।
उनले फेरिपनि रोष्टमबाटै बोल्ने व्यवस्था मिलाउन माग गरे। केही बेर सभामुख र सुवालबीचमा सवाल जवाफ भएको थियो। योसँगै सभामुखले अरु प्रस्तावहरु धमाधम निर्णयका लागि पेश गदै अस्वीकृत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।