काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल अमेरिकी अधिकारीले सयथरी कुरा गरिरहेको भन्दै त्यसमा फस्न नहुने बताएका छन्।
एमाले अवरोधकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएका प्रेम सुवाललाई सभामुखले समय दिएका थिए।
तर उनले प्रमुख प्रतिपक्षी दलले बिरोध गरिरहेको भन्दै विरोधको सूचनाबारे भन्दा पनि एमसीसीका बारेमा आफ्ना भनाइ राखे।
‘एमसीसीका बारेमा सांसद द्धिविधामा पर्नु आवश्यक छैन। विष भनि थाहा पाएर खाए के हुन्छ एमसीसी त्यही हो,’ उनले भने,‘ शान्तिपूर्ण देशघाती एमसीसी सम्झौता खारेज गराउन नेमकिपाले विरोध प्रदर्शनका क्रममा गृहमन्त्रालय दमन गर्यो । यो निन्दनीय छ।’
अमेरिकी सरकारलाई खुशि पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाणले जनतामाथी दमन गरेको उनले बताए।
अमेरिकी शैन्य गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौता खारेज गर्न उनले माग गरे। प्रमुख प्रतिपक्षी दलले यसरी अवरोध गरिरहँदा आफ्नो प्रस्ताव पेश गर्न असमर्थ भएको उनले बताएका थिए। प्रमुख प्रतिपक्षी दलसँग समझदारी गरेर अघि बढ्न उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।