काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष एमालेको नाराबाजीकै बीचमा संसद बैठकलाई अघि बढाएका छन्।
सभामुख सापकोटाले बिरोधकाबीच कार्यसूची अघि बढाएका छन्। सापकोटाले कार्यसूचीमा रहेको सांसद प्रेम सुवालको बिरोधको सूचनामाथि आफ्नो धारणा राख्न समय उपलव्ध गराए।
पहिलो बैठक अवरोधका बीचमा १५ मिनेट स्थित गरेका सभामुखले दोस्रो वैठकमा भने सदन सञ्चालन गर्न दिन आग्रह पटक पटक गरेका थिए। विरोधका लागि वेल घेर्न पुगेको एमाले सांसदहरुलाई नाराबाजीकै बीचमा उनले प्रक्रिया शुरु गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।