काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिनको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखेका छन्।
शुक्रबार पहिलो बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गरेका थिए। एमाले सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
१५ मिनेट स्थगित भएर पुन: सुरु हुने बित्तिकै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।