काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्।
शुक्रबार संसद बैठकको सुरुमै नेकपा एमाले सांसदले नाराबाजी गरेपछि सभामुखले यस्तो आग्रह गरेका हुन्। ‘तपाईंहरुको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ, मैले जवाफ पनि दिइसकेको छु,’ उनले भने, ‘सञ्चालन गर्न सहयोग गर्नुस् जनताको जल्दाबल्दा सवालमा अन्य माननीयले बोल्न खोज्नुभएको छ। सहयोग गर्नुस्।’
सभामुखले आग्रह गरे पनि नेकपा एमालेले संसदको सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन्।
बाढी पहिरो हत्या सीमा सम्बन्धी लगायतका अन्य महत्वपूर्ण समस्याहरु रहेको भन्दै सभामुख सापकोटाले संसदमा छलफलका लागि सहयोग गर्न आग्रह गरे। तर प्रतिपक्षी एमाले सांसदहरुले त्यसलाई वेवास्ता गर्दै नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।