काठमाडौं – नेकपा एमालेले शुक्रबारको संसद् बैठकमा अवरोध गरेको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर अवरोध गरेका हुन्।
अहिले सभामुखले बोलिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्। यसअघि बुधबार पनि पनि नेकपा एमालले सभामुख सापकोटाले दल विभाजनमा भूमिका खेलेको भन्दै सदन अवरुद्ध गरेको थियो।।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्।
आजको बैठकको सुरुमै नेकपा एमालेले नारावाजी गरेपछि सभामुखले यस्तो आग्रह गरेका हुन्। ‘तपाईहरुको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ मैले जवाफ पनि दिइसकेको छु,’ उनले भने, ‘सञ्चालन गर्न सहयोग गर्नुस् जनताको जल्दाबल्दा सवालमा अन्य माननीयले बोल्न खोज्नुभएको छ। सहयोग गर्नुस्।’
सभामुखले आग्रह गरे पनि नेकपा एमालेले संसदको सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइँदैन भन्दै नारावाजी गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।