काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडाअधिवेशन गराउनु लोकतन्त्रकै उपहास भएको बताएका छन्।
सभापति शेरबहादुर देउवाको गृह जिल्लामा विरोधकैबीच प्रहरी परिचालन गरेर वडा अधिवेशन सुरु गरिएपछि पौडेलले आपत्ति जनाएका हुन। ‘जिल्ला सभापति तथा कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र तर व्यवहार अलोकतान्त्रिक भएको बताएका छन्। नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक रहेको भन्दै पौडेलले महाधिवेशनका लागि यो शुभसंकेत नभएको प्रष्ट पारेका छन्।
आज बिहान मात्रै पौडेलसहितका नेताहरुले सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर पार्टीको निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न र स्वच्छ, निष्पक्ष चुनावको वातावरण बनाउन ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।