काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसद देवेन्द्र दाहालले आफ्नो कुरा राखेका थिए। उनले बोलेपछि एमाले सांसदहरुले बैठकमा अवरोध सिर्जना गरेका छन्।
तर, एमाले सांसदको विरोधका बीच गृहमन्त्री वालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेश पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।