काठमाडौं- सत्ता गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक आज बेलुकी पुन: बस्ने भएको छ।
शुक्रबार बिहान बालुवाटारमा बैठक बसे पनि समय अभावका कारण धेरै विषयमा छलफल गर्न नसकिएकाले साँझका लागि पुनः बैठक बोलाइएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे पुनः बैठक बस्ने तय भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाल लाइभलाई जानकारी दिइन्। ‘बिहान धेरै बेर बैठक बसेर छलफल गर्न समय पुगेन,’ उनले भनिन्, ‘साँझ लामो छलफल गरेर मन्त्रिपरिषद् विस्तार छिटो टुंग्याउने सहमति भएको छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेकाले अब धेरै ढिलो गर्न नहुने भन्दै दलका नेताहरुलाई सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली दिन आग्रह गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।