काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् सांसद मेटमिण चौधरीले प्रतिपक्षी दल नेकपा एमालेले संसद बहिस्कार गर्छु भन्नु कोटाकेटीपन भएको टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका सांसद बैठकमा सहभागी भए बस्हिकार गर्ने अभिव्यक्ति दिएकोप्रति चौधरीले आपत्ति जनाए।
‘विरोलो रिसायो भने खाँबो चिथोर्छ, केपी कमरेडले आफ्नै कारणले अनेक गरे। त्यसको प्रतिफल भोग्दै छन्। अफूले गरेको अपराधको लाज ढाक्न बरबराइरहेका छन्,’ नेपाल लाइभसँग कुरा गर्दै चौधरीले भने, ‘यस्तो भन्नुको कुनै अर्थ छैन। एकीकृत समाजवादीका सांसद उपस्थित भए संसद बैठक बहिस्कार गर्छु भन्नु केटाकेटीपना हो। यस्तो अबोध बालवालिकाले मात्रै गर्छ। केपी कमरेड अर्थहीन काम गर्दै छन्।’
चौधरीले आफूहरु संवैधानिक, कानुनी र राजनीतिक रुपमा बलियो भइसकेको दाबी गरे। आफैं 'अपराध गरेर' त्यसको मुद्धा हारेपछि संसद बहिस्कार गर्ने अवस्थामा पुगेको चौधरीले टिप्पणी गरे।
एमाले पार्टी ओलीले विघटन गरिसकेकाले एमालेको विरासत एकीकृत समाजवादी पार्टी भएको चौधरीले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।