फाइल तस्वीर
काठमाडौं– प्रतिनिधि सभाको बैठक अगाडि सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मन्त्री र अन्य नेताहरु सहभागी भएका छन्।
संसद सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने संकेत गरेपछि सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बसेको हो।
यसअघि सरकारले साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो। त्यसपछि राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो। अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।