काठमाडौं- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थपेकी छन्।
२ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन्। उनले २ भदौमा कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।
बुधबार मुख्ययमन्त्रीले सात मन्त्री र चार राज्यमन्त्रीले शपथ लिएको भौतिक पूर्वाधार मन्त्री केशव पाण्डेले बताए।
बुधबार मन्त्री हुनेमा रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्री छन्।
यस्तै, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्र लामा नियुक्त भएका छन्।
मन्त्री पाण्डेका अुनसार जीवन खड्का भौतिक पूर्वाधार विकास, सरस्वती बाटी उद्योग वन तथा वातावरण, जुनेली माया श्रेष्ठ सामाजिक विकास र बद्री मैनाली भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री भएका छन्।
पाण्डे यसअघि आन्तरिक मामिला तथा कानुन र भाौतिक पूर्वाधार मन्त्री भएपनि अब भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।