फाइल तस्बिर।
काठमाडौं- सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
संघीय सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा संसद् सञ्चालन र मन्त्रिपरिषद् विस्तारले छलफल हुने एक नेताले बताए।
यसअघि सरकारले साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो। त्यसपछि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याइएको थियो। सरकारले अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।