• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुई पार्टी विभाजन : कस्तो बन्यो प्रदेश सभाको शक्ति संरचना?

64x64
किशोर दहाल बुधबार, भदौ २३, २०७८  १५:०२
1140x725

काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टीको विभाजनसँगै सातमध्ये ६ वटा प्रदेशको प्रदेश सभाको शक्ति संरचनामा परिवर्तन आएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश सभामा पछिल्लो विभाजनले प्रभाव पारेको छ। गण्डकी प्रदेश सभा भने कुनै प्रभाव परेन।

प्रदेश १, प्रदेश २, बागमती र कर्णालीमा चौथो दलको रुपमा एकीकृत समाजवादीको उपस्थिति देखिएको छ। यो दलको गण्डकी प्रदेश सभामा कुनै उपस्थिति छैन। तर लुम्बिनीमा छैटौं र सुदूरपश्चिममा भने पहिलो दलको रुपमा उभिएको छ।

जनता समाजवादी पार्टी विभाजन भई गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीको प्रभाव खासै परेको छैन। प्रदेश २ मा लोसपा तेस्रो ठूलो दल भएको छ। त्यस्तै, १ सांसद सहित सुदूरपश्चिममा पाँचौं दलको रुपमा उपस्थित भएको छ। अन्यत्र यो दलको उपस्थिति देखिँदैन।

दलीय शक्ति र गठबन्धनको कारण प्रदेश १ र बागमती प्रदेशका सरकार तत्कालै अल्पमतमा पर्ने देखिन्छ। प्रदेश १ मा अहिले बहुमतका लागि ४७ जना आवश्यक पर्छ। तर मुख्यमन्त्री भीम आचार्यको दल नेकपा एमालेसँग ४१ सांसद मात्रै छन्। गठबन्धनमा आबद्ध बाकेकका सबैले साथ दिए पनि उनले बहुमत पुर्याउन सक्दैनन्। त्यस्तै, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा परेकी छन्। सो प्रदेशमा बहुमतको लागि ५५ जना आवश्यक पर्छ। तर उनको दल एमालेसँग ४३ सांसद मात्रै छन्।

गठबन्धनका लागि अन्य प्रदेशका सरकार भने सुरक्षित देखिन्छन्। तर एकल बहुमत भने कुनै प्रदेशमा कुनै दलको पनि छैन।

सातै प्रदेशमा दलीय उपस्थिति
प्रदेश १

प्रदेश सभाको आकार- ९३
अहिले कायम रहेको सांसद संख्या- ९२
एमाले- ४१
कांग्रेस- २१
माओवादी केन्द्र- १५
एकीकृत समाजवादी- १०
जसपा- ३
राप्रपा- १
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च- १
* स्वतन्त्र सांसद नारायण बहादुर मगर माओवादी केन्द्र प्रवेश गरेका। एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद टंक आम्बुहाङ पदमुक्त भएका। 

प्रदेश २
प्रदेश सभाको आकार- १०७
अहिले कायम रहेको सांसद संख्या- १०४
जसपा- ३९
कांग्रेस- १९
लोसपा- १६
एकीकृत समाजवादी- १३
माओवादी केन्द्र- ८
एमाले- ८
नेपाल संघीय समाजवादी पार्टी- १
* सुरुवातमा संघीय समाजवादी फोरमको ३९ सिट थियो। स्वतन्त्र सांसद शेख अबुलकलाम आजाद सो पार्टी प्रवेश गरेका। र सांसद संख्या ३० पुगेको। नयाँ शक्तिसँग एकीकरण गरेर समाजवादी पार्टी बनेको र पछि राजपासँग एकता गरी जसपा बनेपछि कुल सांसद ५५ पुगेका।

माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाह र मोहम्मद समिरलाई पदमुक्त गरेको। समानुपातिक सांसद समिरको स्थानमा पस्मिना कादरीलाई मनोनित। सुरुवातमा ११ सांसद रहेको सो पार्टीबाट अहिले ८ सांसद।

Ncell 2
Ncell 2
nimb
nimb

बागमती प्रदेश
प्रदेश सभाको आकार- ११०
अहिले कायम रहेको सांसद संख्या- १०९
एमाले- ४३
माओवादी केन्द्र- २३
कांग्रेस- २२
एकीकृत समाजवादी- १३
विवेकशील साझा पार्टी- ३
नेमकिपा- २
राप्रपा- २
जसपा [स्वतन्त्र सांसद]- १
* एमाले सांसद पशुपति चौलागाईंको निधन भएको।

गण्डकी प्रदेश
प्रदेश सभाको आकार- ६०
अहिले कायम रहेको सांसद संख्या- ५९
एमाले- २७
कांग्रेस- १५
माओवादी केन्द्र- १२
राजमो- २
जसपा- २
स्वतन्त्र- १
* राजमोका तीनमध्ये एक सांसद कृष्ण थापा पदमुक्त भएका।

लुम्बिनी प्रदेश
प्रदेश सभाको आकार- ८७
अहिलेका कायम रहेका सांसद संख्या- ८०
एमाले- ३६ [सूर्य चिह्नमा जितेका धर्मलाल श्रीवास्तवसहित]
कांग्रेस- १९
माओवादी केन्द्र- १९
जसपा- ३
राजमो- १
एकीकृत समाजवादी- १
सूर्य चिह्नमा जितेका [अजय शाही]- १
* माओवादी केन्द्रका दुई सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेपछि पदमुक्त गरिएका। साथै, नेकपाबाट निर्वाचित भएकी विमला ओलीले माओवादी केन्द्र रोजेपछि सो दलको आकार १९ सदस्यीय भएको।

जसपाका तीन सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डे निष्कासित भएका। तत्कालीन राजपाको समानुपातिक सांसद बिना पन्तले राजीनामा दिएपछि कल्पना पाण्डे सांसदमा मनोनित भएकी थिइन्। एमालेका सांसदहरु अमर डाँगी र दृगनारायण पाण्डेले राजीनामा दिएका।

कांग्रेसका समानुपातिक सांसद बलदेव शर्मा पौडेलको निधन भएपछि उनको स्थानमा शंकर गिरी मनोनित भएका थिए।
लुम्बिनी प्रदेशमा अजय शाही र धर्मलाल श्रीवास्तव सूर्य चिह्नबाट निर्वाचित भएका थिए। तर उनीहरु त्रिदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहमा आबद्ध छन्।

कर्णाली प्रदेश
प्रदेश सभाको आकार- ४०
अहिले कायम रहेको सांसद संख्या- ३५
एमाले- १३
माओवादी केन्द्र- १२
कांग्रेस- ६
एकीकृत समाजवादी- ३
राप्रपा- १
* आफ्नो सांसद धर्मराज शाही एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले पदमुक्त गरेको।

फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा, कुर्मराज शाहीलाई निष्कासन गरेको।

सुदूरपश्चिम प्रदेश
प्रदेश सभाको आकार- ५३
अहिले कायम रहेको सांसद संख्या- ५२
एकीकृत समाजवादी- १४
माओवादी केन्द्र- १३
कांग्रेस- १२
एमाले- ११
जसपा- १
लोसपा- १
* आफ्नो सांसद झपट बोहरा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले पदमुक्त गरेको।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्