• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुई पार्टी विभाजन : कस्तो बन्यो प्रदेश सभाको शक्ति संरचना?

64x64
किशोर दहाल बुधबार, भदौ २३, २०७८  १५:०२
1140x725

काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टीको विभाजनसँगै सातमध्ये ६ वटा प्रदेशको प्रदेश सभाको शक्ति संरचनामा परिवर्तन आएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश सभामा पछिल्लो विभाजनले प्रभाव पारेको छ। गण्डकी प्रदेश सभा भने कुनै प्रभाव परेन।

प्रदेश १, प्रदेश २, बागमती र कर्णालीमा चौथो दलको रुपमा एकीकृत समाजवादीको उपस्थिति देखिएको छ। यो दलको गण्डकी प्रदेश सभामा कुनै उपस्थिति छैन। तर लुम्बिनीमा छैटौं र सुदूरपश्चिममा भने पहिलो दलको रुपमा उभिएको छ।

जनता समाजवादी पार्टी विभाजन भई गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीको प्रभाव खासै परेको छैन। प्रदेश २ मा लोसपा तेस्रो ठूलो दल भएको छ। त्यस्तै, १ सांसद सहित सुदूरपश्चिममा पाँचौं दलको रुपमा उपस्थित भएको छ। अन्यत्र यो दलको उपस्थिति देखिँदैन।

दलीय शक्ति र गठबन्धनको कारण प्रदेश १ र बागमती प्रदेशका सरकार तत्कालै अल्पमतमा पर्ने देखिन्छ। प्रदेश १ मा अहिले बहुमतका लागि ४७ जना आवश्यक पर्छ। तर मुख्यमन्त्री भीम आचार्यको दल नेकपा एमालेसँग ४१ सांसद मात्रै छन्। गठबन्धनमा आबद्ध बाकेकका सबैले साथ दिए पनि उनले बहुमत पुर्याउन सक्दैनन्। त्यस्तै, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा परेकी छन्। सो प्रदेशमा बहुमतको लागि ५५ जना आवश्यक पर्छ। तर उनको दल एमालेसँग ४३ सांसद मात्रै छन्।

गठबन्धनका लागि अन्य प्रदेशका सरकार भने सुरक्षित देखिन्छन्। तर एकल बहुमत भने कुनै प्रदेशमा कुनै दलको पनि छैन।

सातै प्रदेशमा दलीय उपस्थिति
प्रदेश १

प्रदेश सभाको आकार- ९३
अहिले कायम रहेको सांसद संख्या- ९२
एमाले- ४१
कांग्रेस- २१
माओवादी केन्द्र- १५
एकीकृत समाजवादी- १०
जसपा- ३
राप्रपा- १
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च- १
* स्वतन्त्र सांसद नारायण बहादुर मगर माओवादी केन्द्र प्रवेश गरेका। एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद टंक आम्बुहाङ पदमुक्त भएका। 

प्रदेश २
प्रदेश सभाको आकार- १०७
अहिले कायम रहेको सांसद संख्या- १०४
जसपा- ३९
कांग्रेस- १९
लोसपा- १६
एकीकृत समाजवादी- १३
माओवादी केन्द्र- ८
एमाले- ८
नेपाल संघीय समाजवादी पार्टी- १
* सुरुवातमा संघीय समाजवादी फोरमको ३९ सिट थियो। स्वतन्त्र सांसद शेख अबुलकलाम आजाद सो पार्टी प्रवेश गरेका। र सांसद संख्या ३० पुगेको। नयाँ शक्तिसँग एकीकरण गरेर समाजवादी पार्टी बनेको र पछि राजपासँग एकता गरी जसपा बनेपछि कुल सांसद ५५ पुगेका।

माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाह र मोहम्मद समिरलाई पदमुक्त गरेको। समानुपातिक सांसद समिरको स्थानमा पस्मिना कादरीलाई मनोनित। सुरुवातमा ११ सांसद रहेको सो पार्टीबाट अहिले ८ सांसद।

Ncell 2
Ncell 2

बागमती प्रदेश
प्रदेश सभाको आकार- ११०
अहिले कायम रहेको सांसद संख्या- १०९
एमाले- ४३
माओवादी केन्द्र- २३
कांग्रेस- २२
एकीकृत समाजवादी- १३
विवेकशील साझा पार्टी- ३
नेमकिपा- २
राप्रपा- २
जसपा [स्वतन्त्र सांसद]- १
* एमाले सांसद पशुपति चौलागाईंको निधन भएको।

गण्डकी प्रदेश
प्रदेश सभाको आकार- ६०
अहिले कायम रहेको सांसद संख्या- ५९
एमाले- २७
कांग्रेस- १५
माओवादी केन्द्र- १२
राजमो- २
जसपा- २
स्वतन्त्र- १
* राजमोका तीनमध्ये एक सांसद कृष्ण थापा पदमुक्त भएका।

लुम्बिनी प्रदेश
प्रदेश सभाको आकार- ८७
अहिलेका कायम रहेका सांसद संख्या- ८०
एमाले- ३६ [सूर्य चिह्नमा जितेका धर्मलाल श्रीवास्तवसहित]
कांग्रेस- १९
माओवादी केन्द्र- १९
जसपा- ३
राजमो- १
एकीकृत समाजवादी- १
सूर्य चिह्नमा जितेका [अजय शाही]- १
* माओवादी केन्द्रका दुई सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेपछि पदमुक्त गरिएका। साथै, नेकपाबाट निर्वाचित भएकी विमला ओलीले माओवादी केन्द्र रोजेपछि सो दलको आकार १९ सदस्यीय भएको।

जसपाका तीन सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डे निष्कासित भएका। तत्कालीन राजपाको समानुपातिक सांसद बिना पन्तले राजीनामा दिएपछि कल्पना पाण्डे सांसदमा मनोनित भएकी थिइन्। एमालेका सांसदहरु अमर डाँगी र दृगनारायण पाण्डेले राजीनामा दिएका।

कांग्रेसका समानुपातिक सांसद बलदेव शर्मा पौडेलको निधन भएपछि उनको स्थानमा शंकर गिरी मनोनित भएका थिए।
लुम्बिनी प्रदेशमा अजय शाही र धर्मलाल श्रीवास्तव सूर्य चिह्नबाट निर्वाचित भएका थिए। तर उनीहरु त्रिदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहमा आबद्ध छन्।

कर्णाली प्रदेश
प्रदेश सभाको आकार- ४०
अहिले कायम रहेको सांसद संख्या- ३५
एमाले- १३
माओवादी केन्द्र- १२
कांग्रेस- ६
एकीकृत समाजवादी- ३
राप्रपा- १
* आफ्नो सांसद धर्मराज शाही एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले पदमुक्त गरेको।

फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा, कुर्मराज शाहीलाई निष्कासन गरेको।

सुदूरपश्चिम प्रदेश
प्रदेश सभाको आकार- ५३
अहिले कायम रहेको सांसद संख्या- ५२
एकीकृत समाजवादी- १४
माओवादी केन्द्र- १३
कांग्रेस- १२
एमाले- ११
जसपा- १
लोसपा- १
* आफ्नो सांसद झपट बोहरा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले पदमुक्त गरेको।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्