काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्य नै नभएकाले कसरी पार्टी फुटाउन सक्छन् भन्दै प्रश्न गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘एमालेकै कार्यकर्ता हौं भनेर विभाजन गर्न जाने, पार्टीकै सदस्य नै नभएको मानिसले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ? जो हाम्रो सांसद नै होइन। समयमा नै सभामुखलाई जानकारी गराएका छौं’, उनले भने, ‘निर्वाचन आयोगसँग ३५ दिन वा ४५ दिनको समय हुँदा हुँदै एक हप्ताभित्र नै निर्णय गरियो। किन गरियो भने १५ दिनभित्र नै सभामुखले सूचना टाँस्नुपर्थ्यो त्यसैले सबै सेटिङ गरेर काम भयो।’
उनले निर्वाचन आयोगलाई एमालेले कारबाही गरेको भन्ने जानकारी हुँदाहुँदै पनि विचाराधीन राख्ने र परामर्श गर्ने कामसमेत नगरेको बताए।
‘एकतिरबाट मात्रै होइन सबैतिरबाट पुरै सेटिङमा काम गरिएको छ। निर्वाचन आयोगको बैठक बसेर प्रस्ताव पास गरेर अघि बढ्नुपर्ने तर एकैचोटी तयारी अवस्थामा मस्यौदा आएर पास गरियो’, ओलीले भने।
निर्वाचन आयोगले निकै तीव्र गतिमा काम गरेको बताए। सभामुखले एमाले विरोधि षडयन्त्रको मतियारको भूमिका खेले गठबन्धनको पक्षधर भएर काम गरेको ओलीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।