काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई आपराधिक गठबन्धनको संज्ञा दिएका छन्।
एमाले संसदीय दलको बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिने क्रममा ओलीले आक्रोशित हुँदै यस्तो बताएका हुन।
‘आपराधिक र अलोकतान्त्रिक गठबन्धनलाई एमाले पार्टी फुटाउनुपरेको रहेछ,’ उनले भने, ‘त्यसै कारण कपटपूर्ण रुपले राति अधिवेशन अन्त्य गरेर बिहान अध्यादेश ल्याइयो।’
छापामार गुरिल्ला पारामा चल्दाचल्दै कसैलाई थाहा नदिएर संसद्को अधिवेशन स्थगित गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।