काठमाडाैं– एमाले सांसद गंगा चौधरी सत्गौवाले सभामुख अग्नि सापकोटालाईद पदमा बस्न दिन नहुने बताइन्।
एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सभामुखले संसदीय पद्धतिको धज्जी उडाएकाे भन्दै उनलाई उक्त पदमा बस्न दिन नहुने तर्क गरिन्।
उनले एमसीसी पारित गर्न दिन नहुने दाबीसमेत गरिन्। देशभर एमसीसीको विरोधमा आवाज उठेको र त्यसलाई एमालेले सम्बाेधन गर्दै देश बचाउनुपर्ने दाबी गरिन्। ‘अब देश नेपाल कम्युनिष्ट पार्टीले बचाउने आश छ,’ उनले भनिन्, ‘एमसीसी पास गर्न हुदैन। ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।