काठमाडौं- नेकपा एमालेका सांसद राजेन्द्र गौतमले सर्वोच्च अदालतबाट निर्णय नआएसम्म सभामुखलाई सदन चलाउन दिन नहुने बताएका छन्।
बुधबार एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘सभामुखको जुन व्यवहार छ, अहिले आक्रोश गरेर निष्कर्षमा पुर्याइन भने अर्को समस्या छ,’उनले भने,‘एकातिर संवैधानिक र कानूनी हिसाबमासर्वोच्च अदालतमा हामी लडाइँ लडिरहेका छौं। निर्णय नआएसम्म सभामुखलाई सदन चलाउन दिनुहुन्न।’
एमसीसीका सम्बन्धमा गठबन्धनकै दलमा मारामार रहेको भन्दै उनले एमालेले पनि ठोस विधिवद र संस्थागत निर्णय गरेर जानुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।