फाइल तस्वीर
काठमाडौं- नेकपा एमाले सांसद लालबाबु पण्डितले प्रतिनिधि सभा बैठकमा अध्यादेश टेबुल गर्न दिनुपर्ने तर्क गरेका छन्।
बिहीबार एमाले संसदीय दलको बैठकमा धाराणा राख्दै सांसद पण्डितले संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने अभ्यास भएकाले अध्यादेश टेबुल गर्न दिनुपर्ने बताए।
अध्यादेश टेबुल भएपछि पार्टीका शीर्ष नेताहरुले बोलेर जवाफ नआएसम्म संसद बैठक रोक्नुपर्ने उनले बताए। सांसद पण्डितले जबसम्म एमसीसी संशोधन हुँदैन तबसम्म अघि बढ्न दिन नहुने बताए।
अरुण ३ मा जसरी फर्कनुपर्ने अवस्था सिर्जना भयो अहिले यो सँग तुलना गर्न नहुने भन्दै उनले एमसीसी सम्झौताका बारेमा निर्णय नभएसम्म काम रोक्न पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।