काठमाडौं- नेकपा (एमाले) का सांसद राजबहादुर बुढाले एमसीसीबारे पार्टीको धारणा प्रष्ट पार्नुपर्ने बताएका छन्। उनले अरुको धारणा हेरेर एमालेले धारणा बनाउन नहुने भन्दै यस विषयमा जनतालाई प्रष्ट पार्नुपर्ने बताए।
बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले जनताका बीचमा जाँदा एमसीसीबारे एउटै कुरा बोल्नुपर्ने बताए।
'एमसीसीको सन्दर्भमा सबैको विचार आएको छ। गाउँ गाउँसम्म पुगेको छ। त्यसैले पार्टीले आफ्नो धारणा प्रष्ट राख्नु पर्छ', उनले भने, 'एमसीसी के हो? अरुको धारणा हेरेर बनाउने हैन। एमसीसी ठीक हो भने यो कारण ठीक हो र ठीक हैन भने यो कारण हैन भन्नु पर्छ। व्यक्तिगत रुपमा बोल्दा आशंका सिर्जना हुन्छ।'
उनले अहिले संयमित भएर अघि बढ्नुपर्ने बताए। एमाले जुन अवस्थामा छ, त्यो हेर्दा अहिले अनुकूल नभएकाले संयमित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।।
'एमाले आक्रामक हुदाँ झन् झन् भड्कने र अवस्था थप बिग्रने अवस्था हुन सक्छ त्यसैले संयमित हुनुपर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।