काठमाडाैं– नेकपा एमालेकी सांसद निरुदेवी पालले पार्टीले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नुपर्ने बताएकी छन्।
एमाले संसदीय दलको बैठकमा बोल्दै उनले एमालेले संसदमा राजीनामा माग्नुपर्ने धारणा राखेकी हुन्। ‘सभामुखकोमा बारम्बार ताकेता गर्न जाँदा जुन खालको व्यवहार देखाउनुभयो,’ उनले भनिन्, ‘व्यक्ति हेरेर नीति नियम कानुन फरक हुनु हुँदैन। कुनै पनि हालतमा एमाले विभाजनको मतियार बनेका सभामुखको राजीनामा माग्ने तर्फ अघि बढ्नुपर्छ।’
उनले जनताले अहिले नो एमसीसी भनिरहेको भन्दै अहिले एमालेले एमसीसीलाई समर्थन गर्न नहुने धारणा राखिन्। ‘अहिले देशभर जनताले नो एमसीसी भनेर विरोध गरिरहेको अवस्था छ। जनताको अभिमतलाई सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा हाम्रो प्रष्ट धारणा आओस्। मेरो प्रष्ट धारणा के हो भने अहिले एमसीसीको पक्षमा एमाले लाग्नुहुन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।