फाइल तस्वीर
काठमाडौं- पूर्वसभामुख एवं नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङ्फेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका गैरकानुनी भएको टिप्पणी गरेकी छन्।
एमाले बुधबार एमाले संसदीय दलको बैठकमा बोल्नै तुम्बाहाङ्फेले सभामुखले जुन किसिमको भूमिका निर्वाह गरेका छन् त्यो उचित नभएको बताइन्।
सरकारले संसद अधिवेशन अन्त्य गरेर ल्याएको अध्यादेशका विषयमा सबै प्रष्ट भएको बताउँदै तुम्बाहाङ्फेले त्यस विषयमा भण्डाफोर गर्नुपर्ने बताइन्।
एमसीसीका विषयमा सम्झौता भएका प्रावधानहरुका बारेमा अध्ययन गरेर बाहिर ल्याउनु पर्ने उनको भनाइ थियो। ‘एमसीसीका विषयमा जुन सम्झौता भयो त्यसमा भएका केही प्रावधानहरु आपत्तिजनक छन् भन्ने छ। त्यस विषयमा सबै अध्ययन गरेर बाहिर ल्याई जनतालाई प्रष्ट पार्नु पर्छ’ तुम्बाहाङ्फेले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।