काठमाडौं- एमाले सांसद् घनश्याम खतिवडाले सभामुख अग्निप्रसाद सापकोटालाई सदन चलाउन दिन नहुने धारणा राखेका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले सभामुखप्रति जनतामा राम्रो सन्देश नगएको बताएका हुन्।
'सभामुखले जुन ढंगको रोल प्रस्तुत गर्नुभयो। तल जनतामा समेत राम्रो सन्देश गएको छैन। संसद् नेकपा एमालेले चल्न दिनुहुँदैन। सभामुखलाई ठेगान गर्नुपर्छ भन्ने छ,' उनले भने, 'सभामुख अग्निप्रसाद सापकोटालाई चलाउन दिनुहुँदैन भन्ने नै जनताको मत छ।'
बैठकमा बोलिरहेका अन्य सांसद्ले पनि सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन्। पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको गतिविधि गैरकानुनी रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।