काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतले अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)का विषयमा साझा धारणा बनाउनु पर्ने बताएका छन्।
बिहीबार एमाले संसदीय दलको बैठकमा धारणा राख्दै बस्नेतले पार्टीले एमसीसीका विषयमा साझा धारणा बनाउनु पर्ने बताए।
एमाले उपाध्यक्ष भीम रावलले आफ्नै ढंगले एमसीसीका विषयमा बोल्दै आएको र अन्य नेताहरुले अर्को तरिकाले बोल्दा स्पष्ट नहुने भन्दै पार्टीले साझा धारणा बनाउनु पर्ने बस्नेतले उल्लेख गरे।
आजबाट संसद बैठक बस्ने भएसँगै नेकपा एमालेले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदीय दलमा छलफल गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।