काठमाडौं- एमाले सांसद् कृष्णभक्त पोखरेलले १४ जना सांसदमाथिको कारबाही र एकीकृत समाजवादी पार्टी दर्ता नै गैरकानुनी भनी दायर गरेको रिटको अन्तिम किनारा नलागेसम्म संसद् बैठक चल्न दिन नहुने तर्क गरेका छन्।
बुधबार एमालेको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सभामुख अग्नि सापकोटाले कानुनले नदिएको अधिकार प्रयोग दाबी गरे।
‘सभामुखलाई जुन अधिकार प्रयोग गर्नु भयो त्यो अधिकार कहाँबाट प्रयोग गर्नु भयो?’ उनले भने ‘राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीले यो अधिकार दिएको छैन।’
यसको एमालले जवाफ खोज्नुपर्ने उनको भनाइ छ। ‘पार्टीले कारबाही सिफारिस गरेको पत्रलाई जाँचबुझ गर्ने भनेर एमाले विभाजन गर्ने कुरामा सभामुख लाग्ने अधिकार कानुनले दिदैन’, उनले भने।
‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दा नटुंगिएसम्म कसरी संसद् चल्न सक्छ?’ उनले भने ‘सत्तापक्षले जानीबुझीकन भिडन्त निम्याउन यसो गरेको हो’, पोखरेलले भने। उनले एमसीसीको बारेमा सरकारले पहिला आफ्नो धाराणा स्पष्ट पारेपछि मात्र एमाले बोल्न उपयुक्त हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।