काठमाडौं- नेकपा एमालेका सांसद् गोकुल प्रसाद बाँस्कोटाले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नुपर्ने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमालेको संसदीय दलको बैठकमा उनले सो धारणा राखेका हुन्।
संसद् अवरोध गर्नुपर्ने धारणा राखेका अन्य सांसद्प्रति समर्थन जनाउँदै उनले भने, 'यस्तो अवस्थामा पनि सदन चलाउन खोज्छन् भनेर सभामुखको राजीनामा मागेरै जानुपर्छ। राजीनामा दिने कि नदिने उनको कुरा हो।'
उनले अहिलेको अवस्थामा सदन चल्ने कुरालाई समर्थन गर्नु अनधिकृत गतिविधिलाई स्वीकार गर्नु भएको बताए। एमालेले कारबाही गरेका १४ सांसद्को (नयाँ दलका सांसद्को रुपमा) उपस्थितिलाई उनले अनधिकृत भनेका थिए। 'त्यसो हो भने त जो पनि आएर बसे भइहाल्यो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।