फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेका सांसद खगराज अधिकारीले आजदेखि सुरु हुने संसद बैठक चल्न दिन नहुने तर्क गरेका छन्।
बुधबार सिंहदरबारमा जारी संसदीय दलको बैठकमा धारणा राख्दै सांसद अधिकारीले एमालेवाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरु अनधिकृत भएकाले उनीहरु संसदमा बैठकमा भाग लिन र संसदीय समितिको वैठकमा समेत बस्न दिन नहुने अडानमा हुनुपर्ने मत व्यक्त गरे।
‘संसदमा र संसदका समितिमा समेत प्रवेश गर्न दिनु हुँदैन’ उनले भने ‘ अनाधिकृत भनेर सर्वोच्चले बोलिसकेकाले उक्त मुद्दा नटुङ्गिएसम्म दिन हुँदैन।’ उनले सत्ता पक्षलाई मन लाग्दा संसद अधिवेशन बोलाउने र नलाग्दा बन्द गर्ने क्रममा चल्न दिन नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।